७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

काठमाडौंबाट सुकुम्बासी खेद्नेले झापा पुगेर पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नाम नलिइ नेता पुनले कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरुले देशको नेतृत्व लिन नसक्ने दाबी गरे ।

गगन थापाले देखाए सहकारी ठगीमा ‘रवि संलग्नताको प्रमाण’

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहित प्रमाणहरू प्रस्तुत गरेका छन्।

एमालेको घोषणापत्रः युवालाई निःशुल्क डाटा, डलर कार्डदेखि निर्ब्याजी ऋणसम्म

निर्वाचनपछि मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयन गरिने प्रतिबद्धतासहित १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बनेमा राज्यको डोजर गरिबको झुपडीमा नभई भ्रष्टाचारीका आलिसान महलहरूमा चल्ने बताएका छन्।

काम गर्न सकेनौं भने यही घन्टीले हामीलाई बजाउनुहोला: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनतासँग गरेको बाचा पूरा गर्न नसकेमा जनताले आफ्नै चुनाव चिह्न ‘घन्टी’ प्रयोग गरेर आफूहरूलाई नै दण्डित गर्न सक्ने बताएका छन्।

रास्वपाको डिजिटल रूपान्तरण: पाँच वर्षभित्र एआई र कम्प्युटेसन शक्ति निर्यात गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षभित्र नेपाललाई कृत्रिम बौद्धिकता (एआई) र कम्प्युटेसन शक्ति समेत निर्यात गर्ने देशका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेको छ।

५ वर्षको स्थायी सरकार दिनुहोस्, देश बदलेर देखाउँछौं: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समग्र रूपान्तरण र समृद्धिका लागि आफ्नो पार्टीलाई ५ वर्षको स्पष्ट जनादेश दिन आम मतदातासँग आग्रह गरेका छन्।

शे-फोक्सुण्डोको गहिराई बुझ्न कर्णाली आयाैं: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको उपेक्षा गरिएको गहिराई बुझ्न र यहाँको सभ्यतालाई पुनर्जीवित गर्न आफ्नो पार्टी कर्णालीको भूमिमा आएको बताएका छन्।

जेन-जी आन्दोलनमा भागेको हेलिकोप्टर फेरि सिंहदरबारमा अवतरण नहोस्ः रवि लामिछाने

उनले फरिवर्तनको झिल्कोलाई कसैले पनि चुनौति दिन नहुने बताए । उनले अहिले चुनाव सार्नुपर्छ, चुनावले निकास दिँदैन भन्ने सुनिएको बताउँदै चुनावले निकास नदिने भए केले निकास दिन्छ ? भन्दै प्रश्न गरे ।

रास्वपाको वाचापत्र : १०० दिनभित्र साना बचतकर्तालाई रकम फिर्ता गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गराउने प्रतिबद्धता गरेको छ।

सर्लाहीमा अवैधरूपमा राखेको पेस्तोल पड्किँदा बालक घाइते

घरबाट करिब सय मिटर पूर्वमा रहेको हनुमान मन्दिर नजिक रातो कपडामा बेरी राखिएको नलकटुवा पेस्टोल खेलाउने क्रममा अचानक पड्किएको थियो।

कर्णालीका ‘सुइना’ अब हाम्रा सपना हुनेछन्: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीका बासिन्दाले देखेका समृद्धिका सपनाहरूलाई आफ्नो पार्टीले साझा सपनाको रूपमा आत्मसात गर्ने बताएका छन्।

कर्णालीको दुःख बेच्ने धेरै आए, बुझ्न हामी आएका हौं: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको गरिबी र पीडालाई राजनीतिक एजेन्डा बनाएर बेच्ने धेरै आए पनि त्यसलाई वास्तविक रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको बताएका छन्।

बालेन्द्रको युट्युबमा ‘झरीपछिको इन्द्रेणी’

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ काठमाडौँका पूर्वमेयर, आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

देश बनाउन युवा ऊर्जा र अनुभवी दृष्टि दुवै चाहिन्छ: ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि युवाको ऊर्जा र अनुभवी पुस्ताको दूरदृष्टि दुवै आवश्यक पर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्