समस्याका चाङ माथि कर्णाली
गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही दिन सबैको ध्यान ताने जस्तो गरेपनि बिस्तारै त्यहाँका पीडामा मलम लाग्न छोडेको छ।
गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही दिन सबैको ध्यान ताने जस्तो गरेपनि बिस्तारै त्यहाँका पीडामा मलम लाग्न छोडेको छ।
जाजरकोट, रावत गाउँका धनबहादुर रानाको परिवारलाई भूकम्पले विस्थापित गरायो। अहिले विस्थापित जीवन बिताइरहेका उनलाई भाईटिका (तिहार) को रौनकताले खासै छोएको छैन।
जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन्।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो।
जाजरकोटको बारेकाट गाउँपालिका–१ रामीडाँडाका स्थानीय बिरामी पर्न थालेका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ।
‘हामी विपदमा परेका बेला राहत ल्याएर आउने तपाईहरु वास्तविक भगवान हुनुहुन्छ, तपाईको सधैं भलो होस्,’ राहत लिएर पुगेका दातासँग भेरी नगरपालिका–१ जाजरकोटकी ६६ वर्षीया बृद्धा भजी रानाले आँसु खसाल्दै भनिन्।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित यहाँका स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको हो।
आज विहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ। अधिकांश घरबाट छाएको ढुङ्गा झरेका छन्। भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ।
कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ६ जना बालबालिका अभिभावकविहीन भएका छन्।
भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्।
जाजरकोट भूकम्पमा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु भएको छ।
विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।
जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर एक सय ५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ।