१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।

सुन प्रकरणमा पक्राउ परेका महरासँग सरकारी वकिल कार्यालयमा बयान लिन सुरु

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ।

महरालाई नर्भिक अस्पताल लगिँदै

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिँदै छ।

सुन प्रकरणमा कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सुन तस्करी आयोगमा सहसचिव अधिकारीको बयान

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव झलकराम अधिकारीलाई बयान लिइएको छ। सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले सह–सचिव अधिकारीलाई गृहमन्त्रालयको पुरानो भवनमा बयान लिएको हो।

सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन आदेश

जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको बताए।

सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुलमहरा सहित चार जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

सुन तस्करी प्रकरण: राहुल महरासहित चार जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस

प्रतिवेदनमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एव पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले थाल्यो काम

सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम सुरु गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो।

भेपमार्फत ९ किलो सुन तस्करी प्रकरण: चिनियाँ नागरिकका ड्राइभर पक्राउ

फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट (भेप) भित्र राखेर ल्याएको करिब ९ किलो सुन तस्करी प्रकरणमाप्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।

नेपालगञ्जको निषेधाज्ञा यथावत्,वार्ताको पहल हुँदै

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।

दोलखाको ११ किलो सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

दोलखाबाट थप ३ किलो सुन बरामद

दोलखाको बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।

रास्वपाले संविधान दिवसमा कैद मिनाहाबारे सरकारसँग जवाफ माग्ने, संकल्प प्रस्ताव दर्ता गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच भएको सुन तस्करी प्रकरणको थप छानबिनका उच्चस्तरीय समिति बनाउने सहमति कार्यान्वयन गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्