७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

३० जना विरुद्ध अनुसन्धान गर्न अख्तियार र शुद्धीकरणलाई पत्राचार गर्ने निर्णय

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनाविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ।

शरणार्थी प्रकरणः दर्ता गरिएका अभियोगमा यस्तो कारवाही हुनसक्छ (विस्तृतमा)

२७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।

शरणार्थी प्रकरणः सचिव पाण्डेद्धारा शिर्ष नेतालाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले शिर्ष नेताहरुलाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार गरेको पाइएको छ।

बालकृष्ण खाँणकाे बयान : माेबाईल नं. मेरो हो, फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन

'मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरेकाे हुन्छ'

इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन विवाद भएको सुनेको हुँः रायमाझी

'त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ।'

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन्।

गम्भीर आरोप, कमजोर प्रमाण

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे सबैलाई कारबाही हुनुपर्छ- गगन थापा

महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताएका छन्। न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उनले न्यायको अनुभुति पनि हुनुपर्ने बताए। प्रकरणका दोषि कोही पनि छुट्नु नहुने उनको भनाई छ।

संसद्मा रविले सोधेः प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कहाँ चेक गर्ने?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न माग गरेको छ।

‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग

‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।

किन प्रहरी परिसर पुगे आइजिपी कुँवर र महान्यायाधिवक्ता पोखरेल ?

प्रहरीले आइतबार सरकारी वकील कार्यालय काठमाडौंमा बुझाउने भनिएको नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन अचानक रोकिएको थियो। शनिवार नै तयार भएको अनुसन्धान प्रतिवेदनमा प्रहरी महानिरीक्षक वसन्त कुँवर, महान्यायाधिवक्ता दीनमणि पोखरेलले चासो राखेपछि रोकिएको हो।

पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपका लागि अदालत लगिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ। आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ।

आइजिपीसँग चार घन्टा छलफल

उच्च राजनीतिक दबाब रहेको र अनुसन्धान प्रतिवेदनलाई केही हेरफेर गर्न आग्रह गरिएको थियो। तर प्रहरी परिसर काठमाडौंका एसएसपी कार्कीले त्यसमा हेरफेर हुन नसक्ने जनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्