२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

शरणार्थी प्रकरणः सचिव पाण्डेद्धारा शिर्ष नेतालाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार

नरेन्द्र केसीमार्फत देउवा, दाहाल र ओलीलाई भनेर मुद्दा कमजाेर बनाउन हारगुहार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले शिर्ष नेताहरुलाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार गरेको पाइएको छ। 

सचिव पाण्डेले मन्त्री बालकृष्ण खाणलाई उनका स्वकीय सचिव नरेन्द्र केसीमार्फत शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीलाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार गरेको पाइएको छ।

 ‘केशव दुलालको बयान सच्याउनुपर्ने भयो। नभए मन्त्रीज्यूसमेतको मुद्दा जान सक्छ। एक साताको म्याद थप भएको अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनैपर्छ। नरेन्द्रजी, ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने व्यवस्था मिलाउनुपर्छ। अब आरोपित व्यक्तिलाई पक्राउ गर्ने हो भने मुद्दाले सहज रूप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ भनेर भन्नुपर्छ,’ उनले भनेका थिए।

पूर्वगृहमन्त्री खाणको घरबाट बरामद च्यातिएको कागज परीक्षण गर्दा अक्षर सचिव पाण्डेकै भएको फोरेन्सिक ल्याबको ‘परीक्षण प्रतिवेदन’बाट पुष्टि भएको अभियोगपत्रमा उल्लेख गर्दै सो पत्र प्रमाणका रूपमा पेस गरिएको छ। अर्को एउटा पत्र प्रहरीले खाणका स्वकीय सचिवलाई पक्राउ गर्दा उनको साथबाट बरामद गरेको थियो। निजी मोबाइलमा विवरणहरू मेटाउने उद्देश्यले ‘फरम्याट’ गरेका पाण्डेले लेखेको अर्को पत्रमा भनिएको छ। प्रधानमन्त्री समेतलाई भनेर अन्य प्रतिवादीहरूको इन्कारी बयान गर्न लगाउनू भन्ने उल्लेख छ।

 ‘प्रतिवादी बालकृष्ण खाणलाई सानु भण्डारी र केशवप्रसाद दुलालले इन्कारी बयान गराउन लिखित सूचना पठाएपछि बालकृष्ण खाणले प्रतिवादी नरेन्द्र केसीमार्फत आङ्टावा शेर्पालाई १ करोड दिएको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ, ‘सो रकममध्ये सानु भण्डारीका तर्फबाट निजका दाजु राजु भण्डारीलाई आङ्टावा शेर्पाले भरपाई गरेर ३० लाख दिएको देखिएको छ।’ अनुसन्धान अधिकृतहरूसँग गृह मन्त्रालयका कर्मचारीहरू फणीन्द्रमणि पोखरेल, सागरमणि पाठक, चोमेन्द्र न्यौपाने र यान्तोष प्रधान समेतले युएनएचसिआर समेतको ‘जोइन्ट भेरिफिकेसन टिम’ले भेरिफाई गरेका ४२९ शरणार्थी नै विवादित रहेको अवस्थामा छुट दर्ता गराउन नहुने सुझाव दिएको बताएका छन्।

प्रकाशित: ११ जेष्ठ २०८० १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App