६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद्मा रविले सोधेः प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कहाँ चेक गर्ने?

नक्कली भूटानी शरणार्थी प्रकरण

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न माग गरेको छ। 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए। उनले नाम मुछिएकाहरु सबैसँग बयान लिन पनि माग गरे।  

बैठक सुरु भएलगत्तै उठेर बोल्ने समय मागेका लामिछानेले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने माग गरेका हुन्।  

‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाएर छानबिन होस् ‘, लामिछानेले भने ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो रहेको बताएको स्मरण गर्दै अब उनीहरुको मुटु कहाँ गएर चेक गर्ने भन्दै प्रश्न गरेका छन्। उनले भने, सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु, ज–जसको नाम आएको छ तिनलाई छानविनको सम्म दायरामा ल्याउनु नहुने, सोधपुछ सम्म गर्नु नहुने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? उहाँको मुटु कति दह्रो छ भन्नेकुरा हामीले देखेका छौँ । हरेक नाम आएको मानिसलाई सोधपुछ हुनुपर्याे । उनलाई कारबाहीको दायरामा ल्याउनुपर्यो । खुट्टा कमाउनु भएन । 

प्रकाशित: १० जेष्ठ २०८० ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App