२९ असार २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन

औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गरेको छ।

विभागले औषधिको बिक्री–वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ।

बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ब्याच नम्बर टीएलएमएस–००६ को उक्त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभएपछि बिक्री वितरणमा रोक लगाइएको हो।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले सो ब्याच नम्बरको औषधिको बिक्री–वितरण तत्काल रोक्का गरी बजारबाट फिर्ता गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको जनाएको छ।

प्रकाशित: १५ असार २०८३ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App