२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

हैजा फैलिएको क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, “खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ। टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।”

वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो।

यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८२ १९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App