७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा

यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ।  

यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो। त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए। त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए। भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।

प्राप्त विवरणअनुसार भदौ ७ गते छ सय ३४, ८ गते चार सय ८७, ९ गते चार सय ४४ र १० गते तीन सय २४ मा सङ्क्रमण देखिएकामा आज सङ्क्रमण घटेर एक सय ७३ मा झरेको छ। 

पछिलो २४ घण्टामा निको भएर घर गएका बिरामीको सङ्ख्या तीन सय ९६ रहेको छ। मन्त्रालयका अनुसार आज ४७ हजार एक सय ५२ ले खोप लगाएका छन्। आज कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय १२ रहेको छ ।

निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको छ। हालसम्म ११ हजार नौ सय ९९ को मृत्यु भएको छ। अहिलेसम्म पिसिआर परीक्षणमा नौ लाख ९६ हजार छ सय ७० र एन्टीजेन परीक्षणमा एक लाख ५० हजार तीन सय ३२ मा सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित: ११ भाद्र २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App