४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

अमेरिका र युरोपमा देखियो ‘मंकिपक्स’ भाइरस

कोरोना महामारी पछि विश्व समुदायमा मंकिपक्स नामक भाइरसको संक्रमण देखिन थालेको छ।

अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कैयौं सहरमा देखा परेको थियो। केही समयमै नियन्त्रणमा आएको भाइरसको संक्रमण केही दिन अगाडि उत्तर अमेरिकी मुलुक तथा युरोपमा पनि देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सुरुमा बेलायतमा देखा परेको भाइरस हाल अमेरिकाको टेक्सासमा पनि फैलिएको छ। भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो। यो रोग लागेमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र विस्तारै शरीरभरी पानीको फोका देखा पर्ने बताइएको छ। यो एक सरुवा रोग भएका कारण विश्वका सबै मुलुकहरूलाई उच्च सतकर्ता अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App