राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेका आफ्नै दाजु हरिशरण लामिछाने ‘राजावादी लाइन’मा खुलेका छन्। बिहीबार ‘लौरो अभियान, स्वतन्त्र अभियान र जेन–जी अभियान’का तर्फबाट आयोजित विशेष भेला तथा पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले राजावादी लाइनमा अभिव्यक्ति दिएका हुन्।
‘अहिले राष्ट्राध्यक्ष के हुने? सबैको अपनत्व लिने खालको राष्ट्राध्यक्ष हुनुपर्यो,’ लामिछानेले भने, ‘कुनै निश्चित पार्टी र गुटको मात्रै पक्षपोषण गर्ने राष्ट्राध्यक्ष हुनुको सट्टा संवैधानिक राजसंस्थाको प्रबल सम्भावना छ र त्यहीँ आवाज उठिरहेको छ।’
नेपाल रहे मात्रै नेपालमा राजनीति रहने उनले बताए। ‘हाम्रो राष्ट्रियता नै संकटमा प¥यो। हाम्रो सार्वभौमिकता नै संकटमा प¥यो,’ उनले भने। यदि यो अवसर सदुपयोग नगरे मुलुक नै संकटमा पुग्ने उनले दाबी गरे। राजसंस्था तानाशाही हुने भन्ने कुरा अन्तिम सत्य नभएको उनले दाबी पनि गरे।
प्रकाशित: २४ पुस २०८२ १६:५१ बिहीबार





