२९ पुस २०८२ मंगलबार
image/svg+xml
अपराध

गोरखामा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

<br>

गोरखाको पालुङटार नगरपालिकामा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनार रहेका छन्। सुनारले आफ्नै २१ वर्षीया श्रीमती अनुष्का परियारलाई निर्घात कुटपिट गरेका थिए।

बिहीबार बिहान सुनारको कुटपिटबाट अनुष्का गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

कुटपिटबाट गम्भीर घाइते भएकी अनुष्कालाई उपचारका लागि आँपपिपल अस्पताल हर्मी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरीले आरोपित शंकर सुनारलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण भने खुल्न सकेको छैन। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित: २४ पुस २०८२ १७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App