६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमित २७ वर्षीय युवकको भेरी अस्पतालमा मृत्यु

कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ८ बर्दियाका २७ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो।  

गत माघ २८ गते भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो। भेरी अस्पतालमा यही फागुन ७ गते भर्ना भएका उनको आइतबार राती ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

उनका अनुसार मृतकले कोरोना विरुद्धको खोप एक पटक लगाएका थिए। कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय ५१ जनाको मृत्यु भएको छ, भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय ४८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए।

प्रकाशित: ९ फाल्गुन २०७८ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App