coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर

गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै ललित लम्साल । तस्बिर सौजन्य : निर्मला शर्मा

कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ । कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि कृष्ण लम्साल र टेकप्रसाद लम्सालको पहलमा ‘एक एक पाइला’ नामक संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको हो ।  

हाल काठमाडौं रहेका लम्सालद्धयको पहलमा आइपुगेको अक्सिजन कन्सन्ट्रेटर स्थानीय ललित लम्सालले गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलालाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष राजेश राजभण्डारी, डा. टेकनारायण श्रेष्ठ, स्वास्थ्य संयोजक रामकाजी नेपाल लगायतको उपस्थितिमा लम्सालले गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

प्रकाशित: १७ असार २०७८ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App