coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वडा कार्यालयले वितरण गर्‍यो संक्रमितलाई मास्क र सेनिटाइजर

जिल्ला प्रहरी कार्यालयलाई सेनिटाइजर र मास्क हस्तान्तरण गर्दै वडाध्यक्ष टंकप्रसाद आचार्य लगायत। तस्बिर: नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल वडा कार्यालयले कोभिड–१९ बाट संक्रमितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। कोभिड–१९ बाट संक्रमण पुष्टि भएपछि हाल होमआइसोलेसनमा बसिरहेका संक्रमितलाई वडा कार्यालयले मास्क र सेनिटाइजर वितरण गरेको हो।  

वडा कार्यालयकै बजेटबाट खरिद गरेर १५ संक्रमितलाई घर–घरमा पुगेर जनही एक बोत्तल सेनिटाइजर र १० वटा मास्क वितरण गरिएको दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए। संक्रमित होमआइसोलेसनमा बसिरहेको बेला अन्यलाई संक्रमण सर्न नदिनका लागि वडा कार्यालयले स्वास्थ्य सामग्री प्रदान गरेको हो।  

क्रमशः अन्य संक्रमितलाई पनि स्वास्थ्य सामग्री वितरण तयारी गरिएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष आचार्य, वडा सदस्य प्रकाश श्रेष्ठ, महिला वडा सदस्य अञ्जना बस्नेत, वडासचिव रेखा राई लगायतको टोलीले घर–घरमा पुगेर संक्रमितका आफन्तमार्फत मास्क र सेनिटाइजर वितरण गरेको हो। वडा कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पनि ४ लिटर सेनिटाइजर र २ सय थान मास्क प्रदान गरेको छ।  

प्रकाशित: ४ जेष्ठ २०७८ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App