१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

यो वर्ष विश्व कोरोनाबाट मुक्त हुँदैन : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस बर्ष विश्व कोरोनाबाट मुक्त नहुने बताएको छ। डब्ल्यूएचओको इमरजेन्सी डाइरेक्टर माइकल रेयाले यो वर्ष कोरोनाको युद्धमा विश्व सफल हुनेछ भन्ने सोच्नु गलत भएको चेतावनी दिएका छन्।  

उनले कोरोनाबाट अस्पतालमा भर्ना भएका बिरामी र मृत्युलाई घटाएर कोरोना सकियो भन्ने भ्रम नफैलाउन समेत आग्रह गरेका छन्। उनले भने, 'पछिल्ला हप्ताहरूमा विश्वभरि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ। हामीले यसबाट पाठ लिनु आवश्यक छ।'

डब्ल्यूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो ७ हप्तामा युरोप, अमेरिका र दक्षिण पूर्वी एशियाका देशहरूमा कोरोनाका बिरामी संख्या बढेको बताएका छन्। यो पहिलो पटक देखियो। उनले भने, यो धेरै निराशाजनक छ। यसको मुख्य कारण धेरै देशहरूमा सुरक्षा मापदण्डहरु नअपनाउनु रहेको उनले बताएका छन्। व्यक्तिहरू लापरवाही भएका कारण कोरोना छिटो फैलिएको उनले दाबी गरेका छन्।

प्रकाशित: १८ फाल्गुन २०७७ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App