coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सात सय कोरोना बिमा दाबी अयोग्य

कोरोना बिमाका लागि दाबी गरिएका ७ सय वटा प्रस्ताव अयोग्य ठहर भएका छन्। साथै २ हजार दाबी प्रक्रिया नपुगेका र प्रमाणीकरण हुन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाँकी ३ सय वटा बिमा प्रयोगशालाहरूले समयमै बिवरण नपठाएको स्थिति रहेको छ।  

कोरोना बिमा रकमको प्रमाणीकरण गर्न गठित बिमा समिति र स्वास्थ्य तथा जनसंख्या प्रतिनिधि सम्मिलित टोलीबाट रुजुको क्रममा पर्याप्त विवरण र परीक्षणको क्रममा नपुगेको पाइएपछि फागुन १० (सोमबार)को निर्णयअनुसार सम्बन्धित सबैको लागि जानकारी दिइएको हो। मन्त्रालयले सूचना प्रकाशित गरेको सातदिन भित्र तोकिएको विवरण अलग्गै एक्सेल ढाँचामा पठाउन निर्देशन छ।  

हालसम्म कोरोना बिमा दाबी गरेका १८ हजार जनामध्ये १५ हजारको प्रमाणीकरण भइसकेको मन्त्रालयले जानकारी दिएको छ। केही विवरण कोभिड १९ परीक्षण गरिएकोभन्दा अघिको मितिमा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा रिपोर्टिङ भएकोले ती विवरण कोरोना बिमा दाबी भुक्तानीको लागि अयोग्य ठहरिएको मन्त्रालयले जानकारी गराएको छ।  

कतिपय कोरोना दाबी विवरणहरू संक्रमण पुष्टि भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेको पाइएकोले अयोग्य ठहर भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘कतिपय विवरणको मिति नै मिलेको छैन भने कतिको बिमा दाबी परीक्षण हुनुअघिको मितिमा छ,’ डा.अधिकारीले भने। तोकेको समय अवधिभित्र कोरोना बिमा दाबीको आवश्यक बिबरण नपठाएमा बिमा दाबीको लागि अयोग्य ठहर गरिने मन्त्रालयले चेतावनी दिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App