coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डा. इवामुरा अस्पताल र लायन्स क्लबबीच स्वास्थ्य सम्झौता

भक्तपुरको सल्लाघारीस्थित डां. इवामुरा मेमोरियल अस्पताल र लायन्स क्लब इन्दरनेशनल डिस्ट्रिक ३२५ ए २ का बीच स्वास्थ्य सम्झौता भएको छ । सम्झौतामा लायन्स क्लबकातर्फबाट डिस्ट्रिक गभर्नर लायन डा. शुशिला मल्ल, पास्ट डिस्ट्रिक गभर्नर लायन के.पी. अवाल, चिफ हेल्थ कोडिनेटर लायन विष्णुभत्तः मारिखु र अन्य लायन्स मान्यजनहरुको उपस्थिति थियो । इवामुरा अस्पतालकोतर्फबाट सहायक व्यवस्थापक निश्चल दिवाकर र बजार व्यवस्थापक जीवन मारिखुको उपस्थित थिए ।

सम्झौता अनुसार लायन्स क्लबका सदस्यका साथै उनका परिवाहलाई पनि स्वस्स्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले बताए । यो सेवा सुविधा लागू गरी कार्यान्वयन भइरहेको पनि उनले जानकारी गराए । साथै इवामुरा अस्पतालमा साउन महिनाका लागि हरियो चुरा प्याकेजको व्यवस्था ल्याएको मारिखुले बताए । यसमा नारीहरुले स्त्रीरोग विशेषज्ञद्धार जाँचमा ५० प्रतिशत छुट पाउने उनले बताए ।

लायन्सका साथीहरु आफै अरुको सेवामा निरन्तर लाग्ने हुनाले उनीहरुको स्वास्थ्यको लागि इवामुरा अस्पतालले सहुलियतमा यो सम्झौता गरिएको सहायक व्यवस्थापक निश्चल दिवाकरले जानकारी गराए ।

प्रकाशित: १६ श्रावण २०७७ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App