८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

आरडिटी पोजेटिभ आएका ताप्लेजुङका एक व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएका ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक व्यक्तिको पीसीआर परीक्षण रिर्पोट भने नेगेटिभ आएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएको थियो । उनीसहित ७ जनाको स्वाब परीक्षणका लागि बिराटनगर पठाइएकोमा सबैको रिर्पोट कोरोना नेगेटिभ आएकोे प्रजिअ निरौलाले बताए ।  

अहिले सम्म यहाँ ६२ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै प्रजिअ निरौलाले अझ सावधानी अपनाउन र सतर्क रहन आवश्यक रहेकोमा जोड दिए । उनले भारतसहित तेस्रो मुलुक र कोरोना संक्रमित जिल्लाबाट फर्किएका नागरिकहरुलाई व्यवस्थापन गर्ने बारे छलफल भईरहेको समेत उनले जानकारी दिए । नेटवर्किङ व्यवसाय र कामको सिलसिलामा भारत गएर फर्किएका नागरिकहरुप्रति कडा निगारानी बढाइएको समेत प्रजिअ निरौलाले बताए ।  

अहिले भारतबाट फर्किएका यहाँका नागरिक मध्ये ५१ जना सुनसरी भोक्राहास्थित क्वारेन्टिनमा र १३ जना झापाको बुधबारेमा रहेको क्वारेन्टिनमा रहेको र पीसीआर परीक्षण रिपोर्ट आएपछि मात्र जिल्ला भित्र्याइने प्रजिअ निरौलाले जानकारी दिए ।  

प्रकाशित: १८ जेष्ठ २०७७ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App