२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

एनएमबी बैंकको १ नं प्रदेश कार्यालयले दियो सय थान पीपीई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई पीपीई हस्तान्तरण गर्दै एनएमबी बैंकका १ नं प्रदेश प्रमुख उत्सव घिमिरे । तस्बिर सौजन्य : कुलदीप मादेन

ताप्लेजुङ- एनएमबी बैंकको १ नं प्रदेश कार्यालयले कोभिड–१९ को परीक्षण तथा उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने १ सय थान व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

एनएमबी बैंकका १ नं प्रदेश प्रमुख उत्सव घिमिरेले सय थान पीपीई १ नं प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको एनएमबी बैंक ताप्लेजुङ शाखाका निमित्त प्रमुख कुलदीप मादेनले जानकारी दिए। स्वास्थ्यकर्मी चिकित्सकहरुले पीपीईको अभावमा कोभिड–१९ को परीक्षण तथा उपचारमा समस्या झेल्न वा पीपीईको अभावमा नागरिकले परीक्षण तथा उपचार नपाउने व्यवस्थालाई सहजीकरण गर्न आफूहरुले प्रदेश सरकारमार्फत पीपीई सहयोग गरेको एनएमबी बैंकका १ नं प्रदेश प्रमुख घिमिरेलाई उधृत गर्दै मादेनले जानकारी दिए।

यसअघि प्रदेश सरकारले प्रदेशका बिभिन्न जिल्लामा बढीमा २ दर्जन र कम्तिमा १० थानसम्म मात्र पीपीई पठाएको थियो।

 

प्रकाशित: २८ चैत्र २०७६ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App