नेपालमा अहिले पनि ४६ प्रतिशत नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको पाइएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो विश्वव्यापी सर्वेक्षण अनुसार४६ प्रतिशत नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको औल्याएको हो।
संगठनले आज परेको ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’ दिवसको अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको लागि आवश्यक सर्तहरु पुरा गर्न सुझाएको छ । नेपालसहित विश्वभर आज यो दिवस मनाइँदैछ।
सन् २०१५ मा अमेरिकामा सम्पन्न संयुक्त राष्ट्र संघको महासभामा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच गर्ने बिषयमा प्रतिवद्धता जनाएको थियो। नेपाल सहित सदस्य राष्ट्रहरुले स्वास्थ्य सेवामा सवैको पहुँच पुर्याउने बिषयमा प्रतिद्धता जनाएका थिए।
तर विश्वका धेरै देशका नागरिकहरुको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको पछिल्लो तथ्याकंले औल्याएको छ।
विश्वका ४ अर्व पाँच करोड मानिसहरु अहिले पनि स्वास्थ्य सेवाको पहुँच बाहिरै रहेको पछिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।डिसेम्ववार १२ को दिन ‘स्वास्थ्यमा विश्वव्यापी पहुँच दिवसले सवै देशलाई आफ्नो नागरिकको लागि स्वास्थ्य सेवामा पहुँच, प्रवर्धन र रोकथामको व्यवस्था गर्ने उद्देश्यले यो दिवस मनाउन सृरु भएको हो। यसको साथै संगठनले प्यालिएटिभ केयर(जीर्ण स्वास्थ्य अवस्थामा हेरचाहको व्यवस्था)को माग राख्दछ।
स्वास्थ्य सेवामा पहुँच नभएकै कारण जटिल जीवन यापन गरिरहेको स्थिति छ। सन् २०१५ मा दीगो विकास लक्ष्यसम्म ‘स्वास्थ्यमा सवैको पहुँचको व्यवस्था गर्ने लक्ष्य अघि सारेको थियो।
यो वर्षको ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’ले सरकारले आफ्नो नागरिकले पुर्ण रुपमा स्वास्थ्य सेवा लिन सक्ने गरी व्यवस्थापन गर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गर्नु पर्ने, महंगो स्वास्थ्य सेवाको कारण नागरिकलाई गरिवीको रेखामुनि धकेल्ने बिद्यान कानुन सुधार गरी लागू गर्नु पर्ने, आधारभुत स्वास्थ्य सेवाको प्रदानगर्न सदस्य राष्ट्रहरुले बजेट बिनियोजन गर्नु पर्न निर्देशनदिएको छ ।
नागरिकको पहुँचमा स्वास्थ्य सेवा र सुरक्षाको लागि स्वास्थ्यमा लगानी गर्नु पर्ने, गलत तथा ढिला उपचारले स्वास्थ्यमा जीर्ण समस्या आइ निर्वलीकरणमा जाने हुनाले यस्तो अवस्था पुर्व नै स्वास्थ्य सेवाको सहज पहुँचको व्यवस्था गर्नु पर्ने विश्व स्वास्थ्य संगठनले निर्देशनदिएको छ। ‘ ढिला उपचारको कारण स्वास्थ्य जीर्ण अवस्थामापुगेमाकार्यक्षमता घट्न जान्छ र स्वत: उत्पादन घट्छ’ विश्व स्वास्थ्य संगठनले जारी गरेको वक्तब्यमा उल्लेख छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको मुख्य उद्देश्य आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने, स्वास्थ्य उपचारकै कारण कोही पनि नागरिक गरिवीको रेखामुनि नधेलिउन भन्ने मूल उद्देश्य रहेकोले नेपालले यो दिशामा नीति तथा कार्यक्रम अघि सारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले बताए।
सोहीअनुरुप हरेक वडामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, हरेक पालिकामा आधारभुत अस्पताल,अस्पतालहरुको वर्गीकरण, अस्पतालहरुमा मापदण्ड तय गरी स्वास्थ्य सेवाको विस्तार गर्ने कार्य गरिरहेको र आधारभूत स्वास्थ्यमा नागरिकको पहुँच पु¥याउन निःशुल्क आधारभूत स्वास्थ्य सेवाको व्यवस्था नेपालले गरिसकेको छ । स्वास्थ्य विमाको माध्यमवाट सवै नागरिकको पहुँचमा सवै तहको स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिएको बताए।
सन् २०३० या दीगो विकास लक्ष्यवर्षभित्र नेपालले अहिलेको तुलनामा थप प्रगति हाँसिलगर्ने सम्भावना रहेको डा.देवकोटाले बताए। ‘तर अवको पाँचवर्षमा यी क्षेत्रमा बढी कामगर्नु पर्छ’, उनले भने ।
प्रकाशित: २७ मंसिर २०८१ ०८:३९ बिहीबार