१६ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ललितपुर महानगरको स्वास्थ्य टोली औषघिसहित वडा-वडामा

ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ ।  

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्‍यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए । उनले भने, ‘विपदपछि देखिन सक्ने स्वास्थ्य समस्या बुझ्न औषधिसहितको विज्ञसहित टिम वडामा परिचालन गरेका छौं ।’  

सूचना अधिकारी गुरागाईंका अनुसार  र्‍यापिङ रेस्पोन्स टिम अहिले वडा नम्बर १३, १४, १८, २५ मा खटिएको छ । उनले भने, ‘अन्य वडामा पनि टिमका साथीहरु जानुहुन्छ ।’  

कुनै पनि किसिमको अप्ठ्यारो, समस्या वा  जिज्ञासा भए महानगरको हटलाइन नम्बर ११३१ सम्पर्क गर्न समेत उनले नगरबासीलाई अनुरोध गरे ।  

महानगरपालिकाले जनस्वास्थ्य शाखाका मेडिकल इमरजेन्सी टिम लिडर डा. छविन्द्र गैरेले पानी शुद्ध बनाउने औषधि लगायत ज्वरो, रुघाखोकी, सामान्य चोटपटकका औषधि वितरण गरेको जानकारी दिए । 

डा. गैरेले भने, ‘ बाढी आएपछि पानीका मुहानहरु प्रदुषित हुन सक्छन्, त्यसैले पानीको सुद्धिकरण अत्यावश्यक छ ।’ शुद्ध पानी पिउन अनुरोध गर्दै पानी शुद्ध बनाउने औषधि पनि दिएका छन् ।’  

महानगरले मरेका जनावर कुहिदाँ गन्ध आउन सक्ने तर्फ ध्यान दिदैं गन्ध आउन नदिन स्प्रे समेत विभिन्न ठाउँमा गरिरहेको जनाएको छ ।

प्रकाशित: १६ आश्विन २०८१ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App