२ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य करका सबै रकम बिमाका लागि विनियोजन गर्नुपर्दछ: स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बिमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य बिमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था लागु गर्न आफूहरू लागि परेको मन्त्री पौडेलको भनाई छ । शुक्रवार वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकारी कर्मचारीहरूको तलबको २ प्रतिशत रकम पनि स्वास्थ्य बिमा कार्यक्रममा लागि छुटाउनुपर्ने प्रस्ताव गरेका थिए ।

स्वास्थ्य बिमाको स्रोत सुनिश्चित गर्नका लागि सरकारले आधारको खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसको  व्यवस्था हुने बित्तिकै स्वास्थ्य बिमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताए । त्यस अवसरमा उनले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए । 

मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए। कार्यक्रममा अवसरमा वीर अस्पतालका उपकुलपति प्रा डा भूपेन्द्र बस्नेतले आम नागरिकले चुस्त ढंगले सेवा पाउने गरी अस्पतालको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रकाशित: २८ भाद्र २०८१ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App