३१ भाद्र २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्दैछौं : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बिमाको सुविधा दिनुपर्ने बताएका छन् ।  

एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बिमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् । उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बिमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा सुविधा हुनुपर्ने उल्लेख गरे । त्यसको लागि बिमा बोर्ड शक्तिशाली हुनुपर्ने बताउँदै मन्त्री पौडेलले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि उल्लेख गरे। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ ।  

मन्त्री पौडेलले भने,  ‘शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ? बिमा बोर्डले सरकारी र निजी अस्पतालहरुमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ती अस्पतालहरुमा स्वास्थ्य सेवा किनेको हो । बीमा बोर्ड यति शक्तिशाली हुनुपर्छ की, मैले तिम्रो माध्यमबाट मेरोमा बिमा गर्नेहरुलाई स्वास्थ्य सेवा दिन लगाएको हो ।’

मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह गर्दै हरेक दिन के–कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न सुझाव दिए। उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए ।  

उनले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले बिमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरि व्यवस्थापन गर्नुपर्ने बताए । 

प्रकाशित: २१ भाद्र २०८१ १७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App