१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमा सुधारको अपनत्व लिइदिन नेपाली कांग्रेससँग मन्त्री पौडेलको आग्रह

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्।

सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्य योजनामा स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे ।

उनले ४० अर्ब हाराहारीमा बिमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समिति समक्ष आग्रह गरे ।

मन्त्री पौडेलले भने, मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्य योजना अन्तर्गतको बिमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु।

बैठकमा मन्त्री पौडेलले नेतृ चित्र लेखा यादवले उठाएको क्यान्सरको औषधी महँगो भएको विषयको जवाफ दिँदै यी लगायत बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्नकै लागि कार्य योजनामा मूल्य समायोजनको कुरा ल्याएको बताए ।नसर्ने रोगको औषधि मूल्य आकासिएको छ, उनले भने त्यसैले यसलाई नियन्त्रण गर्न मैले समायोजनको प्रस्ताव ल्याएको छु ।

प्रकाशित: २८ श्रावण २०८१ १७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App