१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बर्दियामा ‘लू’ को जोखिम, बर्दिया अस्पतालमा बिरामीको चाप उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो । सरसर्ती भन्दा ‘लू’ कै कारणले अस्पताल जोखिममा पर्ने देखिन्छ ।  

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पान्डेका अनुसार ‘लू’ वा तातो हावा चलेको बेला हिँडडुल गर्दा स्वास्थ्यमा प्रतिकुल अवस्था देखिने जोखिम अन्य बेलाभन्दा बढी हुन्छ । उपचारका लागि अस्पताल आइपुगेका बिरामीमा पनि लूका कारण विभिन्न अन्य समस्या देखिएको उनी बताउँछन् । उनी सल्लाह दिन्छन्, ‘तातो हावाबाट बच्नु बाहेकको बिकल्प छैन ।’  

जिल्ला अस्पतालमा तातो सुख्खा हावाबाट बिरामी परेर उपचार गर्न आएका मध्ये एक जनाको अवस्था गम्भीर भएपछि कोहलपुरस्थित शिक्षण अस्पताल रिफर गरिसकेको छ । ती बिरामीलाई ‘हट स्टोक’ भएको खुलेको छ । तातो सुख्खा हावाले पाँच जना बिरामी उपचारपछि घर फर्केका छन् । बैशाख दोस्रो सातादेखि पश्चिम तराईमा वर्षा भएको छैन । त्यसयता लू लागेर अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको छ ।  

अत्याधिक गर्मीका कारण झाडापखाला, दम, रुघाखोकी, टाउको दुःख्ने लगायत समस्या लिएर अस्पताल आउने बिरामीको संख्या पनि उत्तिकै छ ।  

यतिबेला तापक्रम उच्च छ । लू ले शरिरमा जलन उत्पन्न गर्दाे स्वास्थ्यमा प्रतिकुल असरको प्रभाव देखिरहेको छ । एकसातादेखि बर्दिया र आसपासका क्षेत्रमा ४३ देखि ४८  डिग्री सेल्सियरसम्म तापक्रम मापन गरिएको छ ।  

बर्दिया अस्पतालको ओपीडीको तथ्याकंमा प्रतिदिन अढाई सय (२५०) बिरामी  अस्पतालबाट चिकित्सकको सेवा लिईरहेका छन् । हाथ खुटा दुख्ने, थकान महशुस हुने, बेहोस हुने, वान्ता हुने, पखाला लाग्ने बिरामीका साझा समस्या  देखिनुले लू को प्रभाव भएको चिकित्सक बताउँछन् ।  

 

प्रकाशित: २९ जेष्ठ २०८१ १६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App