१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सिन्धुलीका १९ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप

सिन्धुलीमा करिब १९ हजार बालबालिकाले दादुरा रुबेलाको खोप लगाएका छन्। सरकारले यही फागुन १५ देखि १९ सम्म सञ्चालन गरेको दादुरा रुबेला खोप अभियानमा सिन्धुलीका १८ हजार ९ सय ४४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिए।

उनका अनुसार सिन्धुलीमा २१ हजार बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाइने अभियानसहित सुरु भएको खोप कार्यक्रममा ९० प्रतिशत सहभागी भएका छन्। सरकारले दादुरा रुबेला संक्रमण जोखिमलाई मध्यनजर गर्दै फागुन १५ देखि १९ सम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गरी सिन्धुलीका २१ हजार ७४ जना बालबालिकालाई खोप लगाउने उद्देश्य राखेको थियो, तर १० प्रतिशत विविध कारणले उपस्थिति जनाउन असमर्थ भएको कार्यालयले जनाएको छ।

दादुरा रुवेलाको संक्रमणलाई न्यूनीकरण गर्न जिल्लाको दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा तीन सय ४७ खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरी सोहीअनुसार अभियान सञ्चालन भएको थियो। खोप अभियानमा खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई नजिकको खोप केन्द्रमा पुगेर खोप लगाएर दादुरा रुबेलाबाट बच्न स्वास्थ्य कार्यालयले प्रचार–प्रसारसहित अनुरोध गरेर खोप अभियान सफल बनाएको पन्तले जानकारी दिए।  

९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियानमा सहभागी गराउन ३ सय ४७ जना स्वास्थ्यकर्मी र ६ सय ९४ जना स्वयंसेवक परिचालन भएका थिए।

प्रकाशित: २० फाल्गुन २०८० १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App