१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

फाइल तस्बिर

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ। उक्त अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ।

यही फागुन १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौथो दिन शनिबारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रा जातमा खोप लगाइसकिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख एवं प्रवक्ता सुजन कँडेलले जानकारी दिए। प्रदेशका सबै जिल्लास्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरद्वारा अभियान सञ्चालन गरिएको उनले बताए।

पहिलो दिनको तुलनामा दोस्रो दिनदेखि हजारौँ बाख्रामा खोप लगाइएको तथ्यांक रहेको छ। बुधबारदेखि सुरु भएको कार्यक्रमअन्तर्गत शनिबारसम्म करिब पाँच लाख बाख्रामा खोप लगाइएको भन्दै  हालसम्म भेडामा खोप नलगाइएको प्रवक्ता कँडेलले बताए।  

प्रदेशको काभ्रेमा ६४ हजार छ सय ८८, ललितपुरमा १२ हजार सात सय ४७, काठमाडौँमा १४ हजार दुई सय ९४, भक्तपुरमा तीन हजार एक सय ४३ बाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ। दोलखामा ५६ हजार नौ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार चार सय नौ, रामेछापमा ४४ हजार पाँच सय २७, सिन्धुलीमा ६४ हजार दुई सय ४२ खोप लगाइएको प्रवक्ता कँडेलले जानकारी दिए।  

उनका अनुसार मकवानपुरमा ७५ हजार छ सय २८, चितवनमा ४० हजार पाँच सय ६३, नुवाकोटमा ५४ हजार पाँच सय सात, रसुवामा सात हजार ३७ र धादिङमा ६३ हजार छ सय २५ बाख्रामा पिपीआर खोप लगाइएको छ।

नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै संख्यामा भेडाबाख्राको मृत्यु भएको छ। रोगका कारण किसानले ठूलो मात्रामा नोक्सानी व्याहोर्नु परेकाले विगतका वर्ष झैँ यस वर्ष पनि अभियान सञ्चालन गरी खोप लगाइएको कृषि, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. गौरीमान श्रेष्ठले बताए। खोप अभियान फागुन २२ सम्म सञ्चालन हुने छ। –रासस

प्रकाशित: २० फाल्गुन २०८० १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App