२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आज ७१ औँ विश्व कुष्ठरोग दिवस

आज ७१ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ यसवर्षको विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो।

कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतवार मनाउन सुरु गरिएको हो।

माइकोब्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुको कारणले लाग्ने कुष्ठरोगका कारण नेपालमा बर्सेनि २ देखि ३ हजारका हाराहारीमा बिरामीहरू फेला पर्ने गरेका छन्।

आर्थिक वर्ष २०७८÷७९ मा कुल २२८५ नयाँ कुष्ठरोगी फेला परेका थिए। जसमा मधेश प्रदेशमा सबैभन्दा धेरै ९१० (कुल बिरामीको ४० प्रतिशत) बिरामी फेला परेका थिए। यसैबीच कर्णाली प्रदेशमा सबैभन्दा कम ६८ (कुल बिरामीको ३ प्रतिशत) कुष्ठरोगका बिरामी पत्ता लागेका थिए। नयाँ सङ्क्रमितमध्ये बालबालिकाको अनुपात ३.१९ प्रतिशत रहेको छ। ७.४४ प्रतिशतमा ग्रेड टु  अपाङ्गता  रहेको पाइएको थियो र नयाँ बिरामीहरूमा महिलाको अनुपात ४३.३ प्रतिशत रहेको छ।

प्रकाशित: १४ माघ २०८० ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App