१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

डा.दाहालको निलम्बन फुकुवाको माग गर्दै केएमसीका डाक्टरहरू आन्दोलनमा

काठमाडौँ मेडिकल कलेज बाहिर प्रदर्शन गरिरहेका चिकित्सकहरू। तस्बिरः राजीव खत्री/नागरिक।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले आवासिय चिकित्सक डा.विशद दाहाललाई प्रवेश गर्न नदिए पछि डाक्टरहरू आन्दोलनमा उत्रेका छन्।

काठमाडौं विश्वविद्यालयले आवासिय चिकित्सक डा. दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले उनलाई कलेजमा अझै प्रवेश गर्न नदिए पछि अन्य आवासिय चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन्।

केयुका डीन डा. मनोज हुमागाईँले मङ्गलवार नै डा. दाहालको निलम्बन स्थगनको पत्र  केएमसी प्रशासनलाई पठाएपनि बुधवारसम्म पनि कलेज प्रशासनले डा. दाहाललाई कलेजमा प्रवेश गर्न दिएको छैन। जसको विरोध स्वरुप अहिले कलेज बाहिर डाक्टरहरू डा.दाहालको निलम्बन फुकुवा गर्न मागसहित प्रदर्शन गरिरहेका छन्।

बिहीवार कलेज प्रशासनले एक विज्ञप्ती मार्फत डा. दाहाललाई एक महिनाका लागि निलम्बन गरेको जनाएको थियो। तर, केयुले भने डा दाहालको निलम्बन स्थगन गर्दै ३ दिन भित्रमा कलेजको राय पेश गर्न भन्दै पत्रचार गरेको थियो। उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वय गर्नु पर्ने वा नपर्ने भन्ने निर्णय लिनु उपयुक्त हुने हुनाले डा. दाहालको निलम्बन हाललाई स्थगन गरिएको केयूले जनाएको छ। साथै डा. दाहाललाई निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया स्पष्टिकरणको मौका प्रदान गरिएको हो वा होइन सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधार सहितको लिखित राय पेश भएको छ वा छैन लगाएतका विषयमा केयूले प्रश्न उठाएको छ।

फिल्ड वर्कका विषयमा आवाज उठाएपछि डा. विशद दाहाललाई केएमसीले एक महिनाका लागि निलम्बन गरेको थियो। गत बिहीवार अस्पतालले स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै दाहाललाई एक महिनाको लागि निलम्बन गरेको थियो।  

प्रकाशित: १९ पुस २०८० ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App