१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

टिचिङमा अन्तर्राष्ट्रिय स्तरको नवजात शिशु श्रवण जाँच सेवा

टिचिङ अस्पताल महाराजगञ्जमा अन्तर्राष्ट्रिय स्तरको नवजात शिशु श्रवण परीक्षण कक्ष सुरु भएको छ। गत जेठमा सुरु भएको यो सेवालाई मंगलबार साउण्ड प्रुफ कक्ष निर्माण भएपछि पूर्ण भएको हो।

गत पुसदेखि अस्पतालले अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्राइ नवजात शिशुको श्रवण परीक्षण सेवा सुरु गरेको हो। यो प्रविधि मार्फत श्रवण जाँच गर्दा प्रविधिमै हुने सफ्टवेयरले पुन श्रवण जाँच गर्नु पर्ने भएमा आफैँ हाइलाइट गरी थाहा दिने भएकोले यो प्रविधि अन्तर्राष्ट्रिय स्तरको भएको टिचिङ अस्पतालका कक्लियोपलान्ट इम्पलान्ट विशेषज्ञ डा. रविन्द्र प्रधानाङ्गले जानकारी दिए। यस अघि म्यानुअल प्रविधि मात्र श्रवण परीक्षण हुन्थ्यो। यो प्रविधिबाट परीक्षण गर्दा आफैँ रेकर्ड नबस्ने र श्रवणमा समस्या भएकालाई फलोअफमा पछि बोलाउनु पर्थ्यो।

उनका अनुसार अस्पतालले नवजात शिशुको श्रवण कक्षसँगै कान नसुन्नेहरूमा कक्लियोपलान्ट राखेपछि गरिने श्रवण थेरापी कक्ष पनि साउण्ड प्रुफ बनाइएपछि थप प्रभावकारी बनेको छ। यस अघि अक्सिजनको हल्ला, अस्पतालको हल्लाले काममा बाधा परेको थियो। अस्पतालले यो सेवा टिचिङ अस्पतालमा जन्मेका हरेक नवजात शिशुलाई दिँदै आएको छ। प्रसुतीगृहले रेफर गरेका अन्य शिशुको श्रवण परीक्षण पनि यही अस्पतालमा हुँदै आएको छ।

यो सेवा हरेक सरकारी स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालहरुमा अनिवार्य रुपमा हुनु पर्ने डा. प्रधानाङ्गाको भनाइ छ। सुरुको चरणमा प्रसूति गृहमा सञ्चालन गरिने र नेपालभरिका अस्पताहरुवाट सेवा दिने गरी विस्तारित गर्नको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलयसंग प्रस्ताव बैठक सम्पन्न भइसकेको उनले जानकारी दिए। ‘प्रस्ताव कार्यान्वयनका लागि नेपालभरिका अस्पतालमा स्वास्थ्यकर्मीहरूलाई श्रवण परीक्षण तालिम दिने योजना रहेको छ,’ उनले भने।

प्रकाशित: १३ मंसिर २०८० ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App