पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले चूडामणि नेपाल अकिञ्चनको ‘धुवाँको रङ’ लघुकथासङ्ग्रह लाेकार्पण गरेकाे छ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षता र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलियाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएको हाे।
कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि, मधु पोखरेल, हरि कट्टेल, डा. विमला श्रेष्ठ, गोकुल अधिकारी, डा. मेदिनी शर्मा, लघुकथाकार चूडामणि नेपाल अकिञ्चन,कविराज न्यौपाने, बलराम पोखरेलले कृतिको लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कविराज न्यौपाने, बलराम पोखरेल, भूषण ढुङ्गेल, हरि कट्टेल दिङलाली कान्छो र कृतिकार चूडामणि नेपाल अकिञ्चनले मन्तव्य प्रकट गरेका थिए।
समालोचक भूषण ढुङ्गेल र हरि कट्टेलले लाेकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। समीक्षकद्वयले कृतिका ७९ लघुकथा दमदार र सशक्त रहेका बताए।
प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले सञ्चालन गरेकाे
सो कार्यक्रममा सीमा आभास, रोशन पराजुली, मिनकुमार नवोदित, विष्णु भण्डारी, रमेन्द्र कोइराला र गायत्री चापागाईले लाेकार्पित कृतिका लघुकथा वाचन गरेका थिए।
प्रकाशित: ७ माघ २०८२ ०८:२५ बुधबार





