२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘आफ्नो मानसिक स्वास्थ्यको ख्याल राखौं’

३१ औँ विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उमंग नेपालले मानसिक स्वास्थ्य सचेतनाका कार्यक्रम गरेको छ।

‘आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नु’ भन्ने नाराका साथ चेतना फैलाउनका लागि काठमाडौंको वसन्तपुरमा कार्यक्रम  गरिएको हो।

संस्थाकी अध्यक्ष एवं मानसिक स्वास्थ्यकी अभियन्ता शिक्षा रिसालले सकारात्मक भावनालाई प्रोत्साहन गर्ने क्रियाकलाप गरिएको बताइन्। कार्यक्रममा सहभागीहरुले आफ्नो मनमा आएका सकारात्मक, नकारात्मक दुवै खालका भावनालाई लेखेर व्यक्त गरेका थिए। ‘आफ्नो मासिक स्वास्थ्यको बारेमा खुलेर कुरा गरौं। मानसिक स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखौं भन्ने विषयका कुराकानी गरेका थियौं’ अभियन्ता रिसालले भनिन्। सहभागीहरुले आफूहरुमा आउने एन्जाइटी, चिन्ता, तनाव हुने बताएका थिए। चिन्ता, तनावलाई कसरी कम गर्ने भन्ने विषयमा पनि छलफल चलेको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वको कूल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरू मानसिक स्वास्थ्य समस्यामा परेका छन्। जसमा गम्भीर मानसिक स्वास्थ्य अवस्था भएका पाँचजना व्यक्ति मध्ये चारजना निम्न र मध्यम आय भएका देशहरूमा रहेको तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ।

नेपालमा मानसिक स्वास्थ्य सम्बन्धमा नेपाल सरकारले पर्याप्त बजेट तथा संयन्त्रहरूको व्यवस्था गर्न सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा जम्मा १ सय ४४ जना मनोचिकित्सक र ३ जना बाल मनोचिकित्सक रहेका छन्। मनोसामाजिक सहायताका लागि आवश्यक अन्य जनशक्ति ९मनोचिकित्सक नर्स, मनोविद्, मनोविमर्शकर्ता, सामाजिक कार्यकर्ता० को व्यवस्था हुन सकेको छैन।

प्रकाशित: २४ आश्विन २०८० ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App