२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ५:२२ पूर्वाह्न
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयमा नयाँ डिन नियुक्त

पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनवटा संकायमा डिनको नियुक्ति आज गरेको छ। कला, शिक्षा, कानुन संकायको डिनमा जनसंख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमलप्रसाद दुलाल नियुक्त भएका छन्। 

त्यसैगरी, विज्ञान तथा प्रविधि संकायको डिनमा प्रा.डा. पवनकुमार झा र इन्जिनियरिङ संकायको डिनमा प्रा.डा. भोलानाथ शर्मा घिमिरे नियुक्त भएका छन्। नवनियुक्त तीनै डिनले आज पदभार ग्रहण गरेका छन्। झा पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक छन्। 

यस्तै, घिमिरे त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कार्यरत प्राध्यापक छन्। उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र रजिस्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले नवनियुक्त डिनहरूको कार्यकाल सफलताको कामना गर्दै तिनको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे। 

नवनियुक्त डिन डा. दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता जनाए। डिनद्वय झा र घिमिरेले विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १८ श्रावण २०८२ २१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App