२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा १२ को परीक्षाका लागि ताप्लेजुङमा आठवटा केन्द्र

फाइल तस्बिर

वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षाका लागि ताप्लेजुङमा आठवटा केन्द्र निर्धारण भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार एक हजार पाँच सय २८ जना परीक्षार्थीका लागि आठवटा केन्द्र निर्धारण भएका हुन्। भट्टराईका अनुसार मैवाखोला मावि ढुङगेसाँघु परीक्षा केन्द्रमा एक सय ९० परीक्षार्थीले परीक्षा लेख्ने भएका छन्।

यस्तै, मोति मावि खोक्लिङ परीक्षा केन्द्रमा एक सय ७५, सरस्वती मावि हाङपाङ परीक्षा केन्द्रमा एक सय ९१, कञ्चनजंघा आवासीय मावि फुङलिङ परीक्षा केन्द्रमा दुई सय ४० परीक्षार्थीले परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ।

भानुजन मावि फुङलिङ परीक्षा केन्द्रमा एक सय ७० जना, बासुसं मावि फुङलिङ परीक्षा केन्द्रमा चार सय ३२, तेल्लोक मावि परीक्षा केन्द्रमा दुई सय ६४ र सिनाम मावि परीक्षा केन्द्रमा एक सय ३० जना परीक्षार्थीले परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख भट्टराईले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०८३ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App