coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

बैतडीको मेलौलीका विद्यालय बन्द

बैतडीको मेलौली नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि ८ दिनको लागि विद्यालय बन्द गरिएको छ। शनिबार वडा नम्बर ७ तोल्या गाउँमा एक जनालाई कोरोना देखिएपछि वैशाख १४ गतेसम्मका लागि नगरपालिकाका भित्रका सबै विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ।

आइतबार बसेको नगरपालिकाको कोरोना व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द सँगै तोल्या क्षेत्र अर्काे सूचना जारी नभएसम्मको लागि सिल गरिएको पालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए। कोरोना संक्रमणको अवस्था बढ्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको उनले बताए। जिल्लामा पछिल्लो समय भारतबाट फर्केका नागरिकमा कोरोना संक्रमण देखिएको छ। विद्यालय क्षेत्र जोखिममा परेको महसुस भएकोले विद्यालय बन्द गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताए।

बैतडीमा आइतबारसम्म २५ जना कोरोनाका सक्रिय केस रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० जना, पञ्चेश्वर गाउँपालिकामा २ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र मेलौली नगरपालिकामा १ जना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए।

प्रकाशित: ६ वैशाख २०७८ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App