२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ।

जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक गम्भीर घाइते

पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ महुवनस्थित गण्डक नहरमा जन्ती बोकेको कार दुर्घटना हुँदा कार चालकको मृत्यु भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्।

डिफेन्डिङ च्याम्पियन चीनद्वारा उत्तर कोरिया पराजित

थप समयमा वाङ सुआङको गोल भिडियो सहायक रेफ्री (भिएआर) पछि मान्य भएको थियो। सहायक रेफ्रीले दिएको अफसाइड निर्णय भिएआरले उल्टाएपछि उत्तर कोरियाका खेलाडी असन्तुष्ट भए। साइडलाइनमा विरोध गरेपछि प्रशिक्षक री सोङ होलाई रेफ्री थी ली लेले पहेँलो कार्ड देखाइन्।

आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

गुमायो एपिएफले अवसर, पछ्याउँदै आर्मी

प्लानिङ ब्वाइजसँग बराबरीपछि एपिएफले शीर्ष स्थानका लागि अंक बढाउने अवसर गुमाएको छ। प्लानिङले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। सोमबार नै त्रिभुवन आर्मी क्लब विभागीय डर्बीमा नेपाल पुलिस क्लबमाथि ४-१ को जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लियो।

एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ : विष्णु रिमाल

नेकपा एमालेका नेता विष्णु रिमालले एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्ने बताएका छन्।

मतपेटिकाबाट राष्ट्रिय एकताको सन्देश

‘यो निर्वाचनले समग्र नेपाल जोडेको महसुस भएको छ,’ कागेश्वरी मनोहरा–६ का प्रकाश विष्ट भन्छन्, ‘यस अर्थमा चुनावमा कसले हार्‍यो भन्दा पनि सिंगो मुलुकले जितेको छ।’

रुख ढाल्ने क्रममा पुल भत्कियो

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रहेको पुल रुख ढाल्ने क्रममा भत्किएको छ।

निर्वाचनले अर्थतन्त्र चलायमान

देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका क्रममा करोडौं रुपैयाँ खर्च गरेका छन्। आयोगले उम्मेदवारका लागि २७ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च सीमा तोकेको थियो। तर प्रमुख दलका उम्मेदवारहरूले एक करोडदेखि चार–पाँच करोड रुपैयाँसम्म खर्च गरेको अनुमान छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स-रे सेवा बन्द

अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन्।

रसुवामा नौ जनाको धरौटी जफत

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपले मनोनयन पत्र दर्ता गराएका नौ उम्मेदवारको धरौटी जफत भएको छ।

समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार ८४८ मतगणना : कसले कति पाए ?

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा नयाँ राजनीतिक शक्तिहरूको उदय र स्थापित दलहरूको आकारमा निकै फेरबदल देखिएको छ।

ग्यास अभावको बहानामा कालोबजारी : ४५ सयसम्म असुल्दै व्यापारी

खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ रहेको छ। तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्