दरबन्दी सिर्जना नगरे सबै विद्यालय बन्द गर्ने चेतावनी
२०५५ सालदेखि पटकपटक गरी विभिन्न शिक्षामन्त्रीका पालामा नौपटक यही विषयमा सहमति भयो, तर कहिल्यै कुनै सरकारले हाम्रा माग पूरा गर्नेतर्फ पहलै गरेनन्।
२०५५ सालदेखि पटकपटक गरी विभिन्न शिक्षामन्त्रीका पालामा नौपटक यही विषयमा सहमति भयो, तर कहिल्यै कुनै सरकारले हाम्रा माग पूरा गर्नेतर्फ पहलै गरेनन्।
नेपालको सुदूरपश्चिम र तराई–मधेसकामा शीतलहरका कारण अधिकांश जिल्लाका स्थानीयले विद्यालय बन्दको घोषणा गरेका छन् भने कतिपय ठाउँमा सर्वसाधारणलाई न्यानो कपडासमेत वितरण सुरु गरेका छन्।
जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो।
उनका अनुसार दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको हो।
गोरखा नगरपालिकाको मनकामना बहिरा मावि, गोनपा १ को जनज्योती मावि, सिरानचोकको जनज्योती मावि कोभिड र भाइरलका बिरामी बढेपछि बन्द भएका हुन्।
'राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो' अभिभावक छपिलालले भने, 'साना बालबालिकाले छिटो बिर्सने रहेछन्। चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ।'
जुफाल विमानस्थलमा कार्यरत एक जना पुरुष कर्मचारीमा संक्रमण देखिएपछि पुर्व सतर्कता अपनाउन जिल्लाका विद्यालय अनिश्चितकाल बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड –१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन्।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुमा रहेको कोमिन श्यामेवाङ्फेल मावि एक साताको लागि बन्द गरिएको छ। कोरोनाको दोस्रो लहर चलिरहँदा शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो।
धरान उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बिहीबारदेखि बन्द गरिने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बैशाख मसान्तसम्म विद्यालयमा बन्द गर्ने निर्णय गरेपछि मंगलबार शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर धरान उपमहानगरले बिहीबारदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
शनिबार वडा नम्बर ७ तोल्या गाउँमा एक जनालाई कोरोना देखिएपछि वैशाख १४ गतेसम्मका लागि नगरपालिकाका भित्रका सबै विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ।
कोभिड–१९ को नयाँ स्वरुप देशमासमेत तीव्र रूपमा फैलिँदै गैरहेकाले बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय र भीडभाड हुने संस्था बन्द गर्न आग्रह गरेको छ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई सातायता १८ वर्षमुनिका २ सय ७१ बालाबलिका संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षमुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए। उनका अनुसार चैत १४ देखि चैत २९ गतेसम्म ३ हजार ४ सय ५ जनालाई संक्रमण देखिएको छ। जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका कोरोना संक्रमित रहेका छन्।
गण्डकी प्रदेशको तनहुँको भिमाद नगरपालिकाले भने शैक्षिक संस्थाहरु बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा विद्यालय बन्द गर्न सूचना जारी गरेपनि आफ्नो क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नआएको भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक सूचना जारी गर्दै विद्यालयमा नियमित रुपमा पठनपाठन हुने जनाएको छ।