१५ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

ग्रेड नपाउने विद्यार्थीलाई प्रधानमन्त्री ढाडस: सफलताको अर्को दिन पनि आउनेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षामा ग्रेड नपाउने विद्यार्थीहरूलाई ढाडस दिएका छन्। ६१.८१ प्रतिशत ग्रेडेट विद्यार्थीलाई बधाई भन्दै प्रधानमन्त्री ओलीले उनीहरूलाई ढाडस दिएका हुन्।

'ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ,' प्रधानमन्त्री ओलीले भनेका छन्।

अगाडि उनले भनेका छन्, 'एसईई परीक्षामा ग्रेड प्राप्त गर्नुभएका भाइबहिनीहरूलाई हार्दिक बधाई ! यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ। गत वर्ष  ४७.८६५ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी नन ग्रेडेट रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ।'

यसपटकको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।

प्रकाशित: १३ असार २०८२ २०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App