२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

समानुपातिक निर्वाचनका लागि ६४ दलका तीन हजार ४ सय बढी उम्मेदवार

आगामी फागुन २१ गते निर्वाचनका लागि समानुपातिकतर्फ ५८ वटा निर्वाचन चिह्न प्रयोग गर्दै ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका छन्। निर्वाचन आयोगमा दर्ता भएका दलहरूले आ–आफ्नो निर्वाचन चिह्नमार्फत बन्दसूची बुझाएका हुन्।

आयोगमा बन्दसूची बुझाउने दलहरूले ११ देखि ११० सिटसम्म उम्मेदवारको सूची दर्ता गराएका छन्। आयोगका अनुसार ११० जना उम्मेदवार दिनेहरूमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोचा, मंगोल नेशनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (माले), एकल चिह्न मोबाइल, एकल चिह्न जाँतो (चकिया), श्रम संस्कृति पार्टी, संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिष्ट पार्टी (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले), नेपाली जनता दल, जनमत पार्टी, मितेरी पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेकपा (माओवादी), प्रगतिशिल लोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकल चिह्न बस र नेपाली कांग्रेस रहेका छन्।

त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता पार्टीले १२ सिटको उम्मेदवारी दर्ता गराएका छन्। सोही क्रममा समानुपातिका लागि नेकपा मार्क्सवादी (पुष्पलाल)ले २० सिट, जनता समाजवादी पार्टी नेपालले १०१ सिट, समावेशी समाजवादी पार्टी ३१ सिट, नेपाल जनता संरक्षण पार्टी १७ सिट, नागरिक शक्ति नेपालले २५ सिटमा उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, स्वाभिमान पार्टी, जनअधिकार पार्टी, नेपाली जनश्रमदान संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टीले ११ सिटको उम्मेदवारी दिएका छन्।

समानुपातिकतर्फ नै उन्नत लोकतन्त्र पार्टीले २२ सिट, जनता लोकतान्त्रिक पार्टी, नेपालले २५ सिट, पिपुल फस्ट पार्टी १८ सिट, नेपालका लागि नेपाली पार्टी ४३ सिट, त्रिमूल नेपाल २३ सिट, प्रजातान्त्रिक पार्टी नेपाल ४१ सिट, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल ४६ सिट, राष्ट्रिय एकता दल ३२ सिट, राष्ट्रिय गौरव पार्टी २५ सिट, नेशनल रिपब्लिक नेपाल २९ सिट, राष्ट्रिय परिवर्तन पार्टी ४९ सिट, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल २७ सिट, नेपाली कांग्रेस (बिपी) ११ सिट, राष्ट्र निर्माण पार्टी नेपाल ३५ सिट, नेपाल मातृभूमि पार्टी २० सिट, एकल चिह्न जकर भएको सिंह २५ सिट, बहुजन शक्ति पार्टी २० सिट, जय मातृभूमि पार्टी ५५ सिट, सार्वभौम नागरिक पार्टी २८ सिट, नेपाल जनता पार्टी ६० सिट र संयुक्त नागरिक पार्टी ६१ सिटसहित समानुपातिकमा उम्मेदवारी दिएको आयोगले जनाएको छ।

प्रकाशित: १५ पुस २०८२ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App