१९ पुस २०८२ शनिबार
image/svg+xml
शिक्षा

एसइईमा सबैभन्दा धेरै गणित विषयमा 'ननग्रेडेड'

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा धेरै विद्यार्थी गणितमा ननग्रेडेड भएका छन् ।  

शुक्रबार साँझ सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार, गणित विषयमा मात्रै यो वर्ष एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका हुन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भएपनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुखद् भएको बताए ।  

उनका अनुसार, अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिए । 

यो पनि पढ्नुहोस्

एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

प्रकाशित: १३ असार २०८२ २०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App