१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

एसइईको नतिजामा सांसदहरू असन्तुष्ट,लगाए सरकारलाई दोष

सांसदहरूले एसइई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तीर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले एसइई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन्।सांसदहरूले धेरै विद्यार्थीहरू अनुत्तीर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन्।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरिन।उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताइन । उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह पनि गरिन।

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तीर्ण भएको हो भनी प्रश्न गरे । उनले शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको धारणा राखे।उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए।

बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन ।उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनी प्रश्न समेत गरिन। 

प्रकाशित: १४ असार २०८१ १५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App