२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

पूर्वसचिव मिश्रासँग भ्रष्टाचार मुद्दामा पाँच लाख धरौटी माग

विशेष अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्रासँग भ्रष्टाचार मुद्दामा पाँच लाख धरौटी माग गर्ने आदेश गरेको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज उक्त रकम धरौटी लिएर तारिखमा राखेको आदेश गरेको हो।

अदालतले उक्त नगद धरौटी वा बैंक जमानत नदिए विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (२) बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइ दिनसमेत भनेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते ‘म्यामोग्राफी मेसिन’ खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्रासहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: ७ माघ २०८२ २०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App