ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात २४ दशमलव ५० प्रतिशत मतदान भएको छ। मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एकजनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरी जुम्लामा जम्मा २३ हजार ६२५ अर्थात ३२ दशमवल ९३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। त्यसमध्ये महिला मतदाता ११ हजार ७२८ र पुरुष ११ हजार ८९७ रहेको जनाइएको छ।
आयोगका अनुसार तेह्रथुममा २१ हजार ७५० प्रतिशत अर्थात ३० प्रतिशत मत खसेको छ। त्यसमध्ये महिला १० हजार ३३१ र पुरुष ११ हजार ४१९ मतदाता रहेको आयोगले जनाएको छ।
त्यसैगरी पर्वतमा हालसम्म कूल ३७ हजार ७२५ मतदान भएको जनाइएको छ। आयोगका अनुसार करिब ३० प्रतिशत मतदान भएको छ। तनहुँमा ७६ हजार १४१ अर्थात कूल मतको २९ दशमलव ९३ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १४:२१ बिहीबार




-600x400.jpg)
