१६ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

एसइई नतिजाः सबैभन्दा राम्रो बागमती, खराब सुदूरपश्चिम, अन्यको कस्तो?

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ। चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चारलाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुईलाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण (ननग्रेडिङ) भएका छन्।

सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा राम्रो नतिजा बागमतीको देखिएको छ भने, सबैभन्दा खराब नतिज सुदूरपश्चिमको आएको छ। बागमतीमा ६६ दशमलव १२ प्रतिशत परिक्षार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमका ३१ दशमलव ८८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।

प्रदेशअनुसारको नतिजा:

कोशी प्रदेश

बोर्डका अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएका थिए। जसमध्ये ३६ हजार ९३ जना परिक्षार्थी उत्तीर्ण हुँदा ३९ हजार ८९५ जना विद्यार्थी ननग्रेडिङमा परेका छन्। ननग्रेडिङमा परेका परिक्षार्थीको दर ५२ दशमलव ५० प्रतिशत छ।

मधेस प्रदेश

मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए। त्यसमध्ये ३७ हजार ३०६ जना विद्यार्थी उत्तीर्ण भएभने ४२ हजार २८६ जनाले ननग्रेडमा परेका छन्। ननग्रेडिङमा परेका विद्यार्थी ५३ दशमलव १४ प्रतिशत हुन आउँछ।

बागमती प्रदेश

 

बोर्डका अनुसार यसपटकको एसइई परीक्षामा सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशले दिएको छ। यहाँबाट कुल ९९ हजार ८७२ जना सहभागी भएका थिए। त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेडमा पर्दा ६६ हजार ४९ जना परिक्षार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेहरू ६६ दशमलव १२ प्रतिशत छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशबाट परीक्षामा सहभागि कुल ४० हजार ५२६ जना सहभागीमध्ये उत्तीर्ण र अनुतीर्ण हुनेको संख्या झण्डै आधाआधा छ। यहाँबाट २० हजार २५१ जना परिक्षार्थी उत्तीर्ण हुँदा २० हजार २७५ जना अनुत्तीर्ण भएका छन्।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशबाट कुल ८० हजार ३२७ जना सहभागी भएका थिए। त्यसमध्ये ३१ हजार १०३ जना परिक्षार्थी उत्तीर्ण भएका छन्। कुल परिक्षार्थीको ६१ दशमलव २८ प्रतिशत अर्थात ४९ हजार २२४ जना परिक्षार्थी ननग्रेडमा परेका छन्।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको नतिजा यसवर्ष पनि सन्तोषजनक देखिएन्। यहाँ परीक्षामा सहभागि कुल ३५ हजार ३४ परिक्षार्थीमध्ये १४ हजार ६५४ मात्रै उत्तीर्ण भए। २० हजार ३८० जना अर्थात ५८ दशमलव १७ प्रतिशत परिक्षार्थी अनुतीर्ण भएका छन्।

सुदूरपश्चिम प्रदेश

यसवर्षको एसइई परीक्षामा सुदूरपश्चिम प्रदेशले आफ्नो खराब नतिजाको स्थिती झन बढाएको छ। यहाँबाट कुल ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा जम्मा १७ हजार ३६ जना मात्रै उत्तीर्ण भएका छन्। अनुतीर्ण हुनेको संख्या ६८ दशलमव १२ प्रतिशत छ। जुन ३६ हजार ४१० जना परिक्षार्थी हुन्।

प्रदेशगत नतिजाको विस्तृत विवरण हेर्नुहोस् :

प्रकाशित: १३ असार २०८१ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App