२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विश्वविद्यालयको सम्बन्धन विद्यार्थी र कलेजको संख्या बढाउन मात्र होइन: शिक्षा मन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको सम्बन्धन विद्यार्थी र कलेजको संख्या बढाउन मात्र नभएको बताएकी छिन्।

शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको चौधौँ विश्वविद्यालय सभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले विश्वविद्यालयको सम्बन्धन विद्यार्थी र कलेजको संख्या बढाउन मात्र नभएको बताएकी हुन्।

उनले विश्वविद्यालय के कुरामा अलग छ र युनिक छ भन्ने कुरा बुझाएर त्यसको आधारमा फैलनु पर्ने बताइन्। विश्वविद्यालयले मार्केट र टेकनोलोजि फेरिएको समय र समाजको जानकारी लिएर त्यही अनुसार आफ्ना विद्यार्थीहरूलाई तयार गर्नुपर्ने उनको भनाइ छ। 

विश्वविद्यालयमा विद्यार्थीहरूका लागि करियर काउन्सिलिङ आवश्यकता रहेको श्रेष्ठले औँल्याएकी छिन्। विद्यार्थीहरूलाई डिग्री लिए पछिको बाटो के हो भन्नेबारेमा थाहा दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २३ चैत्र २०८० १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App