२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ५:३६ पूर्वाह्न
अर्थ

नेप्सेमा सुधार, कारोबार रकममा पनि वृद्धि

कारोबार हुने साताको अन्तिम दिन बजार परिसूचक नेप्सेमा सुधार देखिएको छ । बिहीबार नेप्से १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स २.६१ अंक, फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स ०.८९ अंकले बढेको छ।

कारोबार रकम पनि बुधबारको तुलनामा झण्डै एक अर्बले बढेको छ । बुधबार ७ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३१८ स्टकको ९५ हजार ८३९ पटकको कारोबारमा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको २ करोड ५४ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।  

बिहीबार हाइड्रोपावरहरुको मूल्य बढेको छ । सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ९.८१ प्रतिशत, बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत र मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने ८.२६ प्रतिशतको गिरावट देखियो ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको लिबर्टी इनर्जी कम्पनीको ३९ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको करिब ३७ करोड र हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड बराबरको कारोबार भएको छ ।  

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले बढेको छ ।  

प्रकाशित: २२ श्रावण २०८२ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App