२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

दुई वर्षभित्र पेट्रोलियम पदार्थ अन्वेषण सकिने

पेट्रोलियम पदार्थको अन्वेषणका लागि २०७३ साल वैशाख २३ गते पहिलो पटक चिनियाँसँगै नेपाली टोली दैलेख पुगेको थियो। ३ वर्षमा अन्वेषण सक्नेगरी पुगेको टोलीले आफ्नो काम कोरोना महामारीका कारण बिचमै रोक्यो। जसकारण अहिलेसम्म अन्वेषणको दोस्रो चरणको काम सुरु हुन सकेको थिएन।

कोरोनाका कारण रोकिएको पेट्रोलियम पदार्थको अन्वेषण सुचारु गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले दुई वर्षको म्याद थपेसँगै अब दुई वर्षभित्र सकिने भएको हो। चिनियाँ टोलीले दुई वर्षभित्र दोस्रो चरणको अन्वेषण कार्य सक्न सरकारले म्याद दिएको छ। पहिलो चरणमा चिनियाँ टोलीले दैलेखमा झन्डै ६ महिना स्थलगत अध्ययनका लागि बसेर काम गरेको थियो।

टोलीले ६ महिनामा ज्वाला क्षेत्र श्रीस्थानलाई आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रमा अध्ययन गरेको थियो। पेट्रोलियम पदार्थ अन्वेषणका लागि ज्वाला क्षेत्रलाई आधार मानेर सिस्मिक लाइन पूर्वपश्चिममा ३ वटा, उत्तर दक्षिणमा ७ वटा ब्लक बनाएर सर्वे गर्ने कार्य गरिएको थियो।

पहिलो चरणमा भएको अन्वेषणमा प्राविधिक तथा विशेषज्ञ टोलीले चट्टान हेरेर जमिनमुनि कस्तो भनेर एमआरआई जस्तो सर्वे गरेको थियो। दोस्रो चरणमा हुने अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ। जसले भण्डारण कति छ? कहाँसम्म फैलिएको छ? कहाँबाट निकाल्न मिल्छ या मिल्दैन? आदि कुरा पत्ता लाग्ने भूगर्भ विभागले जनाएको छ। 

प्रकाशित: ६ श्रावण २०७९ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App