२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

सफा भयो ‘बुलबुले ताल’

सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा अभियान्ताहरुले सरसफाई गर्दै। तस्बिरः गोविन्द/नागरिक

वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले ताल सरसफाई गरिएको छ। लामो समयदेखि फोहोरको थुप्रोले भरिएको तालको शनिबार सरसफाई गरिएको हो। ६ वर्षअघिदेखि तालमा डुंगा प्रयोग नहुँदा फोहोरको डंगुरले भरिएको थियो।

सुर्खेतको प्रमुख पर्यटकीय स्थलका रुपमा बुलबुले ताल निर्माणको क्रममा छ। निर्माणसंगै तालमा पानी नअडिने भएसंगै चुनौती थपिएको छ। पहिलेजस्तो पानी तालमा नअडिँदा कम पानी रहेको छ। घुम्न आउनेहरुले फ्याकेको फोहोरले ताल दुर्गधित रहेको थियो। विङ्गस फाउन्डेसन नेपालबाट संस्थागत रुपमा क्लिन एण्ड ग्रिन सुर्खेत अभियानले बुलबुले तालमा सरसफाई अभियान चलाएको हो। टाढाटाढाबाट बुलबुले हेर्न आउने तालको अवस्था फोहोरले हेरिनसक्नु भएपनि सरसफाई अभियान चलाउनुपरेको अभियानका सहसचिव यज्ञ खत्रीले बताए।  

 नगरभित्रका फोहोर जम्मा हुने स्थानहरुबाट सरसफाई अभियान सुरु गरेको क्लिन एण्ड ग्रिन सुर्खेत अभियानले वीरेन्द्रनगरभित्र रहेको ३० वटा विद्यालयमा स्टुडेन्ट अफ क्लिन क्लव गठन गरेको छ। अभियानले फोहोर भएको चौकहरुमा गार्डेन बनाउनुका साथै सरसफाईका क्षेत्रमा वीरेन्द्रनगरमा अग्रणी रुपमा काम गरेको छ। वीरेन्द्रनगर सफा, हरियाली हुनुपर्छ भनेर अभियान्ता डाक्टर नवराज केसीले अभियानको संकल्प (सुरुवात) गरेका थिए। 

अभियानले बुलबुलेसंगै काँक्रेविहार र वीरेन्द्रनगरका मुख्य चौकहरुमा सरसफाईका गतिविधि गरेको छ। अभियानलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वल, विद्यार्थीहरुले निरन्तर सहयोग गर्दै आईरहेका छन्। उनीहरुले फालेको टायललाई फोहोर हटाएर सुन्दर बगौंचा बनाउन प्रयोग गरे। त्यसपछि त्यहाँ फोहोर कसैले पनि फालेन र बगौंचा बन्यो।

वीरेन्द्रनगरमा रहेको ३० वटा सामुदायिक, निजी विद्यालयमा स्टुडेन्ट अफ क्लिन क्लव गठन गरेर विद्यालयलाई कसरी सफा र हरियाली बनाउने भनेर तालिम समेत बेलाबेलामा दिने गरेका छन्। अनि, स्कुल हेल्थ कार्यक्रम समेत हप्तामा एउटा विद्यालयमा गर्ने ब्यवस्था मिलाएका छन्। वडा वडामा सरसफाई कार्यविधि कार्यान्वयन कति भएको छ हेर्ने र वडाहरुमा फोहोर कसरी उठाउने त्यसको विसर्जन किन गर्ने, अर्थतन्त्रमा कसरी असर पारिरहेको छ, बिरामी कति हुन्छन् त्यसको बारेमा प्रस्तुतिकरण गर्ने कार्ययोजना बनाएको अभियान्ता डाक्टर केसीले बताएका छन्।

प्रकाशित: २१ जेष्ठ २०७९ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App