१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

भृकुटीमण्डपमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ सुरु भएको छ। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीको भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्या सी खम्पाले उद्घाटन गरेकी छन्।

उनले प्रदर्शनीमा सहभागी भारतीय तथा नेपाली कम्पनीसँग अन्तरक्रियासमेत गरेकी छन्। प्रदर्शनीले दुई देशबीचको व्यावसायिक सम्बन्धमा समेत थप सहकार्य र सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

भारत सरकार वाणिज्य एवं उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको प्रदर्शनीले द्विपक्षीय व्यापार एवं लगानी अभिवृद्धि गराउने, उद्यमशीलतामा जोड दिने, प्रविधि आदानप्रदानलगायत मार्केटिङ प्रबन्धलाई सहजीकरणको भूमिका निर्वाह गरेको छ। प्रदर्शनीमा ५० भन्दा बढी भारतीय कम्पनीले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: ८ पुस २०७८ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App